Breaking

काठमाडौं महानगरपालिकाले पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना तोक्यो


काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनलाई लिएर काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।
रोल…
महानगरले पूर्वराजा शाहको नाममा पत्र लेख्दै विभिन्न ८ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने भएको छ ।

हिजो तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।।