Breaking

मृतक पत्रकार रजकका परिवारको गृहमन्त्री लेखकसमक्ष विभिन्न माग


काठमाडौं । तीनकुने राजावादीको आनदोलनमा परी निधन भएका पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष विभिन्न माग गरेका छन् ।

गृहमन्त्री लेखकसमक्ष उनीहरुले पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

गृहमन्त्रीले तीन दिनभित्र सरकारले निर्णय गर्ने आश्वासन दिएको परिवारले जनाएको छ ।

हिजो तीनकुनेमै राजावादी प्रदर्शनकारीले आगजनी गरेको घरमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार रजक जलेको अवस्थामा मृत भेटिएको थियो ।