Breaking

सडकमा निस्कियो नेपाली सेना


काठमाडौं—नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।

राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको छ । तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।