समाचार

राजावादीले विमानस्थलको घेराबाहिर झाडीमा पनि आगो लगाए


काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । विमानस्थलको कम्पाउण्ड बाहिरको झाडीमा आगलागी भएको हो । आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी लालबाबु सुवेदीले बताए ।

आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा आगो राजावादी समूहको प्रदर्शनकारीले लगाएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।