माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।
यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ ।
एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।
प्रतिक्रिया