काठमाडौं—दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड– २०८१ सम्पन्न भएको छ । बुधबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड समारोहबाट पत्रकार, सञ्चारकर्मी र समाजसेवीहरु सम्मानित भएका छन् । अवार्डको आयोजना न्यूज एक्सप्रेस मिडिया प्रा.लिले गरेको थियो ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना मगर, सांसद गणेश पराजुली, आयोजक संस्था न्यूज एक्सप्रेस मिडिया प्रा.लि.का अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी र अनलाइन टिभी पत्रकार संघका अध्यक्ष तथा अवार्ड सिफारिस समितिका संयोजक जीवन भण्डारीले अवार्ड वितरण गरेका थिए ।
यसबर्षको ‘डिजिटल मिडिया लाईफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिएको छ । नेपाली पत्रकारिताको उत्थान, निष्पक्षता र सत्यतथ्य समाचारको प्रकाशन तथा प्रेस स्वतन्त्रताको रक्षा गर्दै लोकतन्त्रको मजबुतीकरणमा पु¥याएको योगदानलाई कदर गर्दै विरहीलाई अवार्ड प्रदान गरिएको हो । गतबर्ष यो सम्मान वरिष्ठ पत्रकार भैरव रिसालले पाएका थिए ।
कार्यक्रममा डिजिटल मिडिया एडिटर अवार्ड प्राईम टाइम टिभीका प्रधानसम्पादक मुकुन्द दाहाल, वरिष्ठ पत्रकार डिजिटल मिडिया अवार्डबाट ठाकुर बेल्वासे, पपुलर डिजिटल मिडिया पर्सन अवार्डबाट इमेज टिभीका जगदिश खरेल, पोपुलर डिजिटल मिडिया अवार्डबाट नेपाल टाइम्स अनलाइन टिभी, जनआवाज डिजिटल मिडिया अवार्डबाट न्यूज २४ का टेकनारायण भट्टराई, खोज पत्रकारिता अवार्डबाट अन्नपुर्ण पोष्ट दैनिककी ममता थापा, डिजिटल मिडिया उत्कृष्ट पत्रकारिता अवार्डबाट आजको प्रेस अनलाइन टिभीका रोहित भण्डारी, डिजिटल मिडिया प्रस्तोता अवार्डबाट कान्तिपुर टिभीकी रुपा खड्कालाई सम्मान गरिएको थियो ।
त्यसैगरी डिजिटल मिडिया क्रियाशिल पत्रकारिता अवार्डबाट हेडलाइन नेपाल अनलाइन टिभीका संजिव रेग्मी, उद्यमशीलता प्रवद्र्धन पत्रकारिता अवार्डबाट सेतोपाटी अनलाइनकी सविना कार्की, डिजिटल मिडिया इथिकल अवार्डबाट सेरोफेरो अनलाइन टिभीका केशवराज जोशी, डिजिटल मिडिया कला पत्रकारिता अवार्डबाट गोपीकृष्ण चापागाई, डिजिटल मिडिया युवा पत्रकारिता अवार्डबाट शिलापत्रका नवराज कुँवर, डिजिटल मिडिया कल्याणकारिता पत्रकारिता अवार्डबाट मेचीकाली अनलाइन टिभीका भोजराज थापा, डिजिटल मिडिया क्यामेरा पर्सन अवार्डबाट अनलाइन टिभी नेपालका नवराज गिरी, डिजिटल मिडिया युवा प्रोत्साहन अवार्डबाट केपी अनमोल र डिजिटल मिडिया प्रवास क्रियाशिलता पत्रकारिता अवार्डबाट लक्ष्मण पाठकलाई सम्मान गरिएको छ ।
कार्यक्रममा डिजिटल मिडिया एजुकेटर अवार्ड सेफर्ड मिडिया टेक्नोलोजी कलेजकी प्रमुख कविता शर्मालाई र उत्कृष्ट सञ्चार उद्यमी महिला अवार्ड प्राइम टाइम टिभीकी निर्देशक एलिजा गौतमलाई प्रदान गरिएको छ । त्यस्तै हेमाता सुवेदी ढुंगेल, उमेश बोहरा, रुद्र ढुंगेल, विजय सापकोटा, देवकुमार पाख्रिन र रमेश खड्कालाई सामाजिक सेवामार्फत अतुलनिय योगदान गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया