राजनीति

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलत : विश्वप्रकाश शर्मा


काठमाडौ.— नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताएका छन्।

आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरुको माग गलत भएको बताए ।

अदालतमा गइसकेको विषयलाई लिएर प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्नु भविष्यका लागि गलत सन्देश जाने उहाँको भनाइ छ । उहाँले केही महिना मात्रै पदावली बाँकी रहेका घिसिङलाई पदमुक्त गर्दा नकारात्मक सन्देश गएको पनि बताए । महामन्त्री शर्माले कुलमान घिसिङलाई पदबाट नहटाउन आफूहरुले सरकारलाई सल्लाह दिएको तर त्यो कार्यान्वयन नभएको बताए ।