राजनीति

कागजबिहीन अदालतको यात्रामा अघि बढ्न तयार हो की होइन ? : प्रधानन्यायाधीश


काठमाडौं—प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजबिहीन अदालतको यात्रामा आफूहरु अघि बढिसकेको बताएका छन् । आज सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरुलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरुको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले कागजबिहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानून व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे ।

उनले अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने जिकिर गरे । प्रधानन्यायाधीश राउतले जसरी भएपनि जुडिसियल रिफर्म गर्नैपर्ने बताए