समाचार

आईआरएसले ट्रम्प प्रशासनलाई करदाता डाटा प्रयोग गर्न दिने

योहो संवाददाता

काठमाडौं—अमेरिकी आन्तरिक राजस्व सेवा (आईआरएस) ले ट्रम्प प्रशासनको कडा आप्रवासन नीति कार्यान्वयन गर्न अध्यागमन अधिकारीहरूलाई करदाता डाटा प्रयोग गर्न दिने भएको छ । अमेरिकी अध्यागमन एजेन्सी (आईस) सँग प्रस्तावित सम्झौता सफल भएमा कागजात नभएका आप्रवासीहरूको व्यक्तिगत विवरणलाई हस्तान्तरण गर्न सकिने बाटो खुल्नेछ ।

यसले गैरकानुनी रूपमा अमेरिका बसेका आप्रवासीका लागि थप संकट निम्तिने बताइएको छ ।सम्झौताअन्तर्गत, आईआरएसले कागजात नभएका आप्रवासीहरूको नामलाई आफ्नो गोप्य करदाता डाटाबेससँग क्रस–रेफरेन्स गर्नेछ । योसँगै आप्रवासीहरूमाथि कारबाहीको जोखिम बढाउनेछ।यसलाई अमेरिकी कर प्रणालीको ऐतिहासिक मान्यताविरोधी कदमको रुपमा अधिकारकर्मीहरूले टिप्पणी गरेका छन् ।