काठमाडौं—इजरायलले गाजाको खान युनुस सहरमा गरेको हवाई आक्रमणमा परेर हसासका वरिष्ठ नेताको मृत्यु भएको छ । हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले फेसबुक पेजमा एक पोस्ट गर्दै बर्दाविलको मृत्युप्रति शोक व्यक्त गरेका छन् । गाजामा दुई महिनापछि इजरायलले ठूलो परिमाणमा आक्रमण गरेको हो ।
युद्धविराम लम्ब्याउने विषयमा इजरायल र हमासबीच सहमति नभएपछि इसरायलले गाजामा पुनः भीषण आक्रमण थालेको हो । इजरायलले हमासविरूद्धको सैन्य कारबाही भन्दै आकाश र जमिनबाट आक्रमण व्यापक बनाएको छ । गत मंगलबारदेखि तीव्र रुपमा भएको आक्रमणमा सयौं मानिसहरूले ज्यान गुमाएका छन् । मंगलबार एकैदिन गाजामा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया