काठमाडौं—पूर्वराजाको सक्रियताले कम्युुनिष्टहरु विक्षिप्त भएका बेला कांग्रेसमा भने व्यापक ध्रुवीकरणका बीच कित्ता क्लीयर पारेको छ । शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाबाट अब बोल्न नडराउन र शान्तिपूर्ण कदम चाल्न आह्वान गरेसँगै महासंग्रामको शंख फुकेको अर्थमा हेरिँदा धेरैले कांग्रेसको निर्णय कुुरिरहेका थिए ।
अर्थात, चैत महिनामा राजावादी र गणतन्त्रवादीको मूठभेड उत्कर्षमा पुग्ने तय हुँदा सहमतिमै मुलुकलाई निकास दिने वा रक्तपात भन्ने विषय कांग्रेसमै निर्भर रहेको राजावादीहरुको बुझाई छ । कांग्रेसले भने संविधान र गणतन्त्रप्रति प्रतिबद्ध रहेको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया