राजनीति

फाइनल भिडन्तमा पूर्वराजा,दल र नेतालाई चेतावनी,मुठभेडका लागि गणतन्त्रवादी तयार ? (भिडियो)


काठमाडौं—विगतमा चर्चामा मात्र देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय भिडरै जाने मुडमा देखिन थालेका छन् । आफूप्रति देखिएकोसहानुभूति र बढेको चर्चाकाबीच उनी मुखर नै सुनिन थालेका हुन् । जसको सुरुवात फागुन ७ को शुभकामना सन्देशबाट सुरु गरेका उनी आफूलाई खतरा हुनसक्ने अवस्थाको समेत बेवास्ता गरेर अघि बढेका छन् ।

अर्थात उक्त शुभकामना सन्देशमा राजनीतिक दलहरुलाई प्रश्न गर्दै आफ्नो मौनता र त्यागलाई कमजोरी नठान्न चेतावनी दिएका उनी अवस्था प्रतिकूल हुन सक्ने सम्भावनालाई समेत बेवास्ता गर्न थालेका छन् । वर्तमान अवस्थामा राजावादीहरु नै एक छैनन् भने भारतले केपी शर्मा ओली तह लगाउन उचालिरहेको आक्षेप छ ।