काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले सडकमा पक्षधरको ग्याङ उतारेपछि आफ्नो हविगत ल्याङफ्याङ हुने बुझेका राजनीतिक दलहरु एकत्रित हुन थालेकाछन् । अरुबेला सत्तापक्ष र प्रतिपक्षको मापन गर्नेहरु अहिले एउटै स्वरमा ज्ञानेन्द्रको प्रतिवाद गर्ने लाईनमा पुगेकाहुन् ।
राजावादीहरुको फागुन २५को भिडले भित्रभित्रै डराएकाहरु ‘बहादुरी से पिछे हटगया’को अवस्थामा रहेपनि प्रतिवाद गर्ने भन्न, भने छोडेका छैनन् । ज्ञानेन्द्र शाह अहिले जता–जता जान्छन्, त्यही नै राजनीतिक माहोल बन्ने गरेको छ । देशकै एक ठाउँबाट अर्काे स्थानमा पुग्दा त्यहाँ विशाल जनप्रदर्शनसहित शुभचिन्तक र समर्थकहरूको ओइरो लागिरहेको छ ।
चाहे त्यो पोखराबाट काठमाडौं फिर्ता हुँदा होस् वा काठमाडौंबाट आफ्नो पूख्र्यौली थलो गोरखा पुग्दा होस् । उनको पक्षमा जयजयकार ध्वनी गुञ्जिएको छ । शनिबार गोरखा दरबारस्थित गोरखकाली र शाह वंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको गोरखनाथ मन्दिरमा विशेष पूजा अर्चना गरेका ज्ञानेन्द्रले आइतबार पनि मनकामना मन्दिरमा पूजा पाठ गरेका छन् । जुन क्रममा शुभेच्छुकहरूले ज्ञानेन्द्रलाई राजाकै हैसियतमा सम्मान दिए ।
प्रतिक्रिया