राजनीति

रवि बोले, रास्वपा अझै चुप, राजा कि गणतन्त्र ?, कसको इसारा कुर्दै ?, शशंकित गणतन्त्रवादी (भिडियो)


काठमाडौं—राजावादीहरु सल्बलाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि राजा फर्काउने आन्दोलनलाई सर्मथन गरे के होला ? त्यसैमा काठमाडौं महानगरका मेयर बालेन शाहले ऐक्यबद्धता जनाए कस्तो होला ? एक्कैछिन् सोच्नुहोस् त ?हो यो विषयअहिलेलाई काल्पनिक भए पनि असम्भव भने पक्कै होइन । राजनीतिक वृत्तमा एउटा भनाइ छ, ‘राजनीतिमा सबै कुरा सम्भव छ ।’ कुनै समय गुरु चेला जस्तो सम्बन्ध भएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रवि लामिछाने हाल एकअर्काको विरोधी भएका छन् ।

असार १७ गते रातारात तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढालेर नयाँ समीकरण बनेपछि कात्तिक दुई गते लामिछानेलाई वर्तमान सरकारले पाँच जिल्ला फनफनी घुमाए पछि रवि र ओलीबीच दरार बढेको हो । अहिले आएर ओलीका लागि उनै रवि सबै भन्दा धेरै घातक बनेका छन् । चौतर्फी घेराबन्दीमा परेका वर्तमान प्रधानमन्त्री ओलीलाई न त देश भित्रै साथ, सहयोग छ न त बाह्य शक्तिकै । फलतः उनी कमजोर र निरीह प्रधानमन्त्री बनिरहेका छन् ।