काठमाडौं—संक्रमणकालीन न्याय टुंग्याउने दुई आयोगमा पदाधिकारी चयनबारे प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदै छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज अपराह्न छलफल हुन लागेको हो ।
अपराह्न ४ बजे सिंहदरबारमा छलफल तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । शीर्ष नेताहरूको छलफलपछि शान्ति प्रक्रियाको बाँकी काम अब अघि उनले बताए ।
सात महिना अगाडि नै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टिआरसी) ऐन बनाएका प्रमुख दलहरू संक्रमणकालीन न्याय टुंग्याउने आयोगहरू गठनको प्रयासमा लागेका हुन् ।
प्रतिक्रिया