Breaking

गोरखकालीबाट पूर्वराजाको सन्देश : देशमा कोही पनि केही गर्नका लागि डराउनु पर्दैन


गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि देशवासीमा सुख र समृद्धिको कामना गरेकाछन् ।

गोरखा पुग्नुभएका पूर्वराजा शाहले संचारकर्मीहरुसँग कुराकानी गर्दै अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।


आज बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरेका हुन् ।