राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै


काठमाडौं—संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप यादवले जवाफ दिने कार्यसूची छ।बैठकमा राष्ट्रिय सभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने कार्यसूची छ।