अन्तर्राष्ट्रिय

अध्यक्ष चुन्दै भाजपा, मोदीको समर्थन आदित्यलाई कि अमित शाहलाई ? मोदी विरासत कसले थेग्ला ? (भिडियो)


काठमाडौं—पान पसलदेखि चिया पसल, भत्केका सडकमा गुड्दै गरेका टेम्पोदेखि बादलमाथि उडिरहेका विमानसम्म नरेन्द्र मोदी समर्थकबीच गएका वर्षहरूमा एउटा प्रश्न थियो, यदि मोदी होइन भने को त ? अर्थात् नरेन्द्र मोदीको विकल्प को ? विपक्षी नेताहरूमध्ये कसैले मोदीको स्थान लिन सक्छ ? यस्ता सवाल उठाउने गरिन्थ्यो । र अझै पनि प्रश्न गरिन्छ, ‘‘बीजेपी (भारतीय जनता पार्टी) भित्र मोदीको स्थान लिन सक्ने कोही छ ? तेस्रो पटक प्रधानमन्त्री बनेका मोदी आगामी वर्ष ७५ वर्ष पुग्नेछन् ।

भाजपामा ७५ वर्ष उमेर पुगेका जो कोहीलाई सेवा निवृत्ति दिइने भनेर सन् २०१४ मा मोदी आफैँले नियम बनाएका थिए । अब मोदीले के गर्छन् भनेर केजरीवालले तिहाड जेलबाट जमानतमा निस्किएको समयमा गएको मे महिनामा प्रश्न गरेका थिए । जब जब भाजपा कमजोर हुन थाल्छ तब तब पार्टीमा सङ्घको भूमिका बढ्ने जानकारहरू बताउँछन् ।