काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटमा निकै व्यस्त मन्त्रीको रुपमा रहेकी परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा छिमेकी मुलुक भारतको दिल्ली ओर्लिएको बिहीवार ११ दिन भयो । गत फागुन २६ गते दिल्ली हानिएकी राणाले यो अवधिमा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजा हुँदै भारतीय समकक्षी डाक्टर एस जयशंकरसहित भारतमै विभिन्न मुलुकका समकक्षी एवम् उच्च पदस्थ व्यक्तिहरुसँग द्विपक्षीय, साइडलाइन, शिष्टाचार भेटवार्ता गरिन् ।
भारतीय विदेश मन्त्रालयले आयोजना गरेको राइसिना संवादमा सहभागी हुन दिल्ली पुगेकी राणाले संवादका विभिन्न सत्रहरुमा सम्बोधन गर्नेदेखि साइड लाइन बैठक भ्याइन् । दर्जन बढी साइडलाइन भेटवार्तामध्ये भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटवार्ता बहसमा छ ।
प्रतिक्रिया