राजनीति

कांग्रेसले हिन्दु धर्म बोक्ने संकेत, देउवाले बुझे प्रतिवेदन, भारत खुसी पार्ने राजावादी तह लाउने (भिडियो)


पूर्वराजाको पक्षमा देखिएको भीड व्यवस्था उल्टाउन भन्दा विभिन्न कारणको उपज भएपछि गणतन्त्रवादीहरु त्यसको जरो खोतल्न लागिपरेका छन् । अर्थात राजवादीको उत्साह नै खतरामा पार्न लागिपरेका उनीहरुले मुद्दामा समेत प्रहार थालेका हुन् । एक त उनीहरु गणतन्त्रको विकल्प राजतन्त्र नहुने भाष्य बलियो पारिरहेका छन् ।

अर्कातर्फ राजावादीमा समेत एकीकृत आन्दोलनको आश मर्दै जाँदा नवराज सुवेदी,दुर्गा प्रसाईंजस्ताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छायाँमा पारेका छन् । प्रसाईं यतिबेला राजसंस्था पुनस्र्थापनाको आन्दोलन सफल बनाउन हिँडेका हुन् कि भाँड्न भन्ने सन्देह राजावादीहरुमै पैदा भएको छ । यता मुद्दा नै हाइज्याक भएपछि राप्रपा नै राजा बोक्ने कि छोड्ने भन्ने धर्मसंकटमा पर्दा हिन्दुधर्म बोकी दिएर भारतलाई साइजमा ल्याउने अर्को खेलमा दलहरु लागि परेका छन् ।