राजनीति

ओलीमाथि १० सांसदका प्रश्नैप्रश्न, रास्वपाका मनिषलाई टालटुले जवाफ, महँगी सधैँ बढिरहन्छ (भिडियो)


काठमाडौं—प्रतिनिधिसभाको बिहीबारको बैठकको मुख्य एजेन्डा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । तर सदनको बैठक प्रारम्भ हुनासाथ आकस्मिक समयमै सांसदहरु प्रधानमन्त्रीमाथि खनिए । प्रधानमन्त्री ओलीले रोष्ट्रममा उभिएर पूर्व निर्धारित प्रश्नहरु सुने र उत्तर दिए ।

देशको आर्थिक, सामाजिक, कूटनीतिक एवम् विकासका विषयहरु केन्द्रित भएर सांसदहरुले प्रधानमन्त्रीलाई प्रश्न गरे भने प्रधानमन्त्री ओलीले प्रत्येक प्रश्नको एक–एक गरी लिखित र केही मौखिक उत्तर दिए । प्रश्नको जवाफ मात्र दिएनन् तथ्य बुझेर मात्र प्रश्न गर्नुभन्दै सांसदमाथि आक्रोशसमेत पोख्न भ्याए ।

रास्वपा सांसद मनिष झाले तपाईंले नियुक्त गरेका कर्मचारीहरूको अक्षमतका कारण सरकार फेल भएको तथ्य स्वीकार्नुहुन्छ ? यदी हो भने तिनीहरूलाई कहिलेसम्म कारवाही गर्नुहुन्छ ? भन्दै प्रश्न गरे । सांसद झाको प्रश्नमा जवाफ दिएका प्रधानमन्त्री ओलीले तथ्यमा आधारित भएर प्रश्न सोध्न आग्रह गरे ।