समाचार

बीमाको पैसामा बिचौलियाको रजाइँ, जनप्रतिनिधिले पत्तै पाएनन्, सभामुख र नेताकै असन्तुष्टि (भिडियोसहित)


काठमाडौँ— प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले स्वास्थ विमा कार्यक्रम आफैंमा एउटा भ्रष्टचारको माध्यम बनेको औल्याएकाछन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले जनप्रतिनिधिमा चेतना अभावका कारण यो भ्रष्टचारको माध्यम बनेको टिप्पणी गरेकाछन् ।
बेला–बेलामा बेलगाम अभिव्यक्तिले आलोचित हुने मध्यमा पर्छन् प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे । २०७९ चैत्रमा सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार विक्रिमाछन् भन्ने अभिव्यक्ति दिदा घिमिरेले चर्कोआलोचना खेप्नु परेको थियो । मनमा लागेको कुरा बोल्न जिब्रो नचपाउने उनले अहिले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएकाछन् ।राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको घिमिरेको भनाई छ ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रियामा बोल्दै घिमिरेले यस्तो दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिन।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराए । उनले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।

सांसद सुवालले क्यान्सर रोगबाट गरिव जनता बढी मर्ने भएकाले उनीहरुका लागि विशेष सेवा, सुविधाको व्यवस्था गर्न पनि सरकारसंग माग गरे । क्यान्सरोग पछिलो समयमा नेपालमा पनि बढ्दो ग्राफमा छ । क्यान्सर लागे बाचिने संम्वना न्युन हुन्छ भन्ने मनोविज्ञानका कारण पनि धेरैको रोगसंग लड्ने क्षमता ह््रास आउँदा यसले बढ्दो रुप लिएको हो । चिकित्सकहरुले रोगीको आत्मबलनै रोगसंग लड्ने सबैभन्दा ठूलो हतियार भएको बताउने गरेकाछन् । मनोबैज्ञानिक रुपमा कमजोर भए रोगले समेत थप गाल्ने हुँदा आत्मबल अव्वल भएकाहरु धेरैरोगलाई जितेर बाच्न सफल भएको उनिहरुकोभनाई छ ।