Breaking

अमेरिकामाथि खनियो हमास, मन्त्रीका छोरा ढलेपछि अन्धाधुन्ध आक्रमण गर्दै इजरायल

किन युद्ध चर्काउँदैछ अमेरिका ?


काठमाडौँ – इजरायल–प्यालेस्टाइन द्वन्द्वले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ । २ महिना वितिसक्दा पनि युद्ध झनै आक्रामक देखिएको छ । यता,बमबारीका बाबजुद गाजामा नयाँ युद्धविराम गर्न मध्यस्थताको प्रयास जारी रहेको कतारका प्रधानमन्त्रीले बताएका छन् ।तर यसमा अमेरिका बाधकबनिरहेको छ ।

अक्टोबर ७ को बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण ग¥यो । जसले पूरै दुनियाँलाई चकित पा¥यो । प्रतिशोधका रूपमा इजरायलले तुरुन्तै युद्धको घोषणा ग¥यो र गाजापट्टीमा जवाफी कारबाही सुरु ग¥यो । इजरायल र प्यालेस्टिनबीचको युद्धमा हजारौंलेज्यान गुमाए ।

इजरायलले हमासलाई नष्ट गर्ने बाचा गर्दै गाजामा आक्रामक हमला गरिरहेको छ । हमलाको क्रममा एक मन्त्रीका छोरा युद्ध भूमिमा ढलेका छन् । बहालवाला मन्त्रीका छोरा ढलेपछि झनै इजरायल आक्रामक देखिएको छ । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी इसेनकोटका छोरा २५ वर्षीय मेजर गल गाजा युद्धमा मारिएका हुन् । मन्त्रीका छोरा युद्धभूमिमा मृत्यु भएपछि इजरायल झनै आक्रामक देखिएको छ ।

यता यी दुई देशको युद्ध नरोकिनुमा अमेरिकाको ठूलो भुमिका छ । गाजामा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि अमेरिकाले भिटो नै प्रयोग गरेर (विशेषाधिकार) लगाएको छ । यस्को परिणम युद्ध विराम नहुनु हो । यता अमेरिकाले भिटो प्रयोग गरेपछि इरानले मध्यपूर्वको अवस्था ‘नियन्त्रण गर्न नसकिने गरि विस्फोट गर्ने चेतावनी नै दिए ।

प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले पनि गाजामा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमा अमेरिकाले ‘भिटो’ लगाएपछि महिला र बालबालिकाको हताहतीमा अमेरिका जिम्मेवार रहेको बताएका छन् ।अमेरिकी अडान आक्रामक, अनैतिक, अन्तर्राष्ट्रिय मानवीय मूल्य र सिद्धान्तको ठाडो उल्लंघन भएको र अमेरिकाले इजरायललाई समर्थन गरेकै कारण गाजामा प्यालेस्टाइनी बालबालिका, महिला र वृद्धवृद्धाको रक्तपात भएको अब्बासको आरोप छ ।

यसमा अमेरिकी सरकार जिम्मेवार रहेकोउनले बताए। यता कतारले पनि बमबारीका बावजुद गाजामा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थता प्रयास जारी रहेको बताएको छ । कतारको निरन्तरको वार्ता र शान्ति प्रयासले यसअघि सात दिन युद्धविराम भएको थियो । उक्त अवधिमा धेरै इजरायली बन्धकहरूसँग प्यालेस्टिनी कैदी र मानवीय सहायताको आदान–प्रदान भएको थियो । यसअघि दोहा फोरमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल–हमास द्वन्द्वको समाधानलाई कमजोर पार्ने भू–रणनीतिक विभाजनका कारण सुरक्षा परिषद् पङ्गु भएको बताएका थिए ।

गाजामा युद्ध विरामको आह्वान गर्ने प्रस्तावलाई अमेरिकी भिटोले रोकेको दुई दिनपछि उनले युद्धमा ढिलाइ हुँदा उक्त निकायको ‘अधिकार र विश्वसनीयतालाई गम्भीर रूपमा कमजोर पारिएको’ बताएका हुन् ।यतिबेला दुवै पक्षले विभिन्न घटनालाई फरक–फरक तरिकामा प्रस्तुत गरे पनि जारी संकटले इजरायली र प्यालेस्टिनीहरुलाई क्षति पुगिरहेको छ ।

प्यालेस्टिनी अर्थव्यवस्थामा झनै विनाश भइरहेको छ । यति मात्र होइन, यसले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ ।