Breaking

माधवको पार्टी जमानत जफत, फुर्ती प्रधानमन्त्रीको, यसरी हुँदैछ एमालेमा विलय


अहिले उपनिर्वाचनको नतिजालाई लिएर सबै दल आन्तरिक मूल्याङ्कनमा जुटेका छन् । उपनिर्वाचनमा व्यहोरेको हार÷जितको समीक्षा गर्दै दलको हैसियतबारे पनि चर्चा भइरहेको छ । इलाम र बझाङ दुवै स्थानमा उम्मेदवार उठाएर जमानत जफत भएको एकीकृत समाजवादीलाई दलको अस्तित्व जोगाउनै सकस हुने देखिन्छ ।

गत वैशाख १५ गते भएको उपनिर्वाचन र त्यसबाट प्राप्त नतिजाबाट माधव नेपालले नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीको हैसियत छताछुल्ल हुने गरी पोखिएको छ । इलाममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र बझाङमा केन्द्रीय सचिव गरिमा शाहलाई नै चुनावी कमाण्डर भएर खटाउँदा पनि पार्टीले लज्जास्पद हार मात्रै व्यहोरेन कि उम्मेदवारको जमानत नै जफत हुन पुग्यो ।

दुवै निर्वाचन क्षेत्रमा वडा सदस्यले प्राप्त गर्न सक्ने मतसमेत उम्मेदवारले ल्याउन सकेनन् । तर, पार्टीको यो हरि बिजोग हुँदा पनि जनताको मुद्दालाई आधार बनाएर पार्टी सुदृढीकरणमा लाग्नुभन्दा १० सिटको हवाला दिँदै सरकार ढाल्न सक्ने सङ्केत गरेका अध्यक्ष माधव नेपालको सपना सत्तातिर नै छ ।

गत आमनिर्वाचनमा पाँच दलको सहारा लिँदासमेत राष्ट्रिय दल बत्र नसकेको एकीकृत समाजवादीको औकात यो उपनिर्वाचनमा एक्लै लड्नु पर्दा सतहमा आएको छ । एमालेसँगको फुट पछि नै निरन्तर ओरालो लागेको माधवको राजनीतिक यात्राको प्रभाव एकीकृत समाजवादीले प्रत्यक्ष रुपमा भोगिरहेको छ । पार्टीमा प्रधानमन्त्री भइसकेका दुई जना अनुभवी नेताहरू हुँदा पनि पार्टीको अधोगति रोकिएको छैन ।

यद्यपि, एकीकृत समाजवादीका नेताहरू आफूहरू सच्चिनु पर्ने आवश्यक ठान्दैनन् । बरु, आफ्नो आङको भैँसी नदेखेका एसका नेताहरू एमाले खस्कदै गएको तर्क गरिरहेका छन् । आफ्नो घर भत्किएर छानो मात्रै बाँकी हुँदा अरुको घरको प्वाल टाल्न सुझाव दिइरहेका छन् ।

राष्ट्रिय राजनीतिमा ओली प्रचण्डले माधव र उनको पार्टीलाई कम प्राथमिकता दिँदै आएका छन् । उपनिर्वाचनको नतिजाले एमाले आफैँ बलियो हुँदै जाँदा ओलीले माधवलाई गत्र छोखड्दै छन् । माधवलाई आफूतिर ल्याउँदन गठबन्धनमा तात्विक फरक नपर्ने हुँदा काङ्ग्रेसले समाजवादीलाई बोक्ने सम्भावना छैन । त्यस्तैले राजनीतिक पण्डितहरू नै आगामी चुनावसम्म माधवको पार्टी रहने वा नरहनेमा शङ्का गर्नु पर्ने परिस्थितिमा पुगेका छन् ।

पार्टी फुटपछि दुई महिनाबाहेक सत्ता समीकरणमा सधैँ च्याखे दाउ हान्न माधव सफल भए पनि जनमत तात्र भने सकेका छैनन् । न त एमालेतिर पलायन भइरहेका पार्टीका नेता कार्यकर्तालाई नै रोक्न सकेका छन् । बरु, ओली माधवका कार्यकर्ता फकाएर पार्टी नै निल्ने उद्देश्यमा सफल हुँदै छन् । कम्युनिस्टहरूमा सबैभन्दा बलियो देखिएको एमालेसँग माओवादी सहकार्य गरेर जान सक्ने सम्भावना देखिए पनि माधवलाई भने ओलीले कुनै हालतमा बोक्ने सङ्केत देखिँदैन । त्यस्तै एकीकृत समाजवादी एक्लै लड्दाको नतिजा पार्टीले उपनिर्वाचनमा भोगिसकेको छ । एमालेसँग पार्टी फुटाएर एकीकृत समाजवादी निर्माण गरेका माधवलाई २०८४ सम्मको निर्वाचनमा दलीय अस्तित्व जोगाउन नै मुस्किल हुने देखिन्छ ।