समाचार

सेयर बजारमा एकल अंकको वृद्धि


काठमाडौँ– सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९।२४ अंकले वृद्धि हुँदा १९६७।९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७।५६ अंकले गिरावट भएर १९५८।७२ को विन्दुमा बन्द भएको नेप्से बुधबार ०।४७ प्रतिशतले वृद्धि भएको हो ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा भने ०।०७ प्रतिशतको समान्य गिरावट भएको छ । अन्य सबै उपसूचकमा वृद्धि हुादा नेप्से पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक १।५२ प्रतिशत र हाइड्रोपावर उपसूचक १।३७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक पनि १।०४ प्रतिशतले बढेको छ ।