समाचार

सेयर बजारमा भारी गिरावट


काठमाडौँ– सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३।२० अंकको गिरावट हुँदा १९७१।१० को विन्दुमा बन्द भएको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो ।