समाचार

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौँ– सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ । मंगलबार २०२२.९१ को विन्दुमा बन्द भएको नेप्से आज ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३.४६ मा पुगेको थियो । तर, अन्तिम समयमा केही सुधार हुँदै ०.९१ प्रतिशतले घटेर २ हजारको विन्दु माथि नै बन्द भएको हो । आज नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो २ अर्ब नाघेको कारोबार रकम आज भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।आज नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ ।
०००