समाचार

शेयर बजारमा गिरावट


काठमाडौँ– शेयर बजार (नेप्से)आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज (मङ्गलवार) १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर मादी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ । आज ३९ लाख १६ हजार कित्ता शेयर एक अर्ब १३ करोड ५० लाख रुपैयाँमा कारोबार भएका छन् ।