विदेश

प्रशान्त महासागरको टापुमा शक्ति राष्ट्रबीच होडबाजी, मारापेलाई स्वागत गर्न भ्याई नभ्याई

योहो संवाददाता

काठमाडौँ — प्रशान्त महासागरको टापुमा रहेको पपुवा न्युगिनीमा अरु देशका उच्च पदस्थ नेताहरु पुग्नेको संख्या दिन प्रतिदिन बढ्दो छ । प्रधानमन्त्री जेम्स मारापेलाई हिजोआज उच्च पदस्थको स्वागत गर्नमै भ्याईन भ्याई छ । अष्ट्रेलिया र न्युजिल्याण्डको माझमा रहेको प्रशान्त महासागरको टापुमा रहेको यो देशमा अहिले शक्ति राष्ट्रबीच आउजाउको होडबाजी नै चलिरहेको छ । अष्ट्रेलिया र न्युजिल्याण्डको माझमा रहेको प्रशान्त महासागरको टापुमा रहेको पपुवा न्युगिनीमा शक्ति राष्ट्रहरुको आउजाउको होडबाजी नै चलिरहेको छ । विश्वका उच्चपदस्थ अधिकारीहरुको विमानले त्यहाँको विमानस्थल भरिन थालेको छ भने प्रधानमन्त्री जेम्स मारापे पनि उच्च पदस्थको स्वागतमा व्यस्त छन् ।

अरुबेला सुस्त रहने राजधानी पोर्ट मोर्सबे पनि उच्च कुटनीतिज्ञको स्वागत कुरेर बसिरहेको छ । विश्वका उच्चपदस्थ अधिकारीहरुको विमानले विमानस्थलमा पनि बाक्लै भीड लाग्ने गरेको छ । जुन २२ मा चीनका उच्चपदस्थ कुटनीतिज्ञ तथा हालका विदेश मन्त्री वाङ यी पपुवा न्युगिनी पुगेका थिए । मेमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन त्यहाँ उत्रिए । त्यसपछि जुलाईमा अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन त्यहाँ गए ।

शक्ति राष्ट्रहरुले लामै समय बेवास्ता गरेको मुलुकमा अहिले शक्ति राष्ट्रका शक्तिशाली नेताहरुको आवतजावत बाक्लिएको हो । अष्ट्रेलिया र न्युजिल्याण्डको माझमा रहेको यो प्रशान्त महासागरको टापुमा अहिले शक्ति राष्ट्रबीच आउजाउको होडबाजी नै चलिरहेको छ । गत मेमा मारापेले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको भव्य स्वागत मात्रै गरेनन्, खुट्टा नै ढोगेको दृश्य बाहिरियो ।

अगस्टमा पपुवा न्युगिनीमा भारतका २ युद्धपोत राखियो । जुलाईमा मारापेले इन्डोनेसियाका प्रधानमन्त्री जोको वीडोडोलाई पनि स्वागत गरे । जुलाईकै अन्त्यमा फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोँ समेत त्यस राष्ट्रको भ्रमणमा गए । प्रशान्त महासागरको टापूमा रहेको यस मुलुकमा रणनीतिक हिसाबले त्यसमा सरोकार राख्ने सबैले सहकार्य गर्न खोजेका छन् । प्रशान्त महासागरमा सबैको आँखा जानुको मुख्य कारण विश्वको ढुवानी केन्द्र यही इलाका रहनु हो । भारत, इन्डोनेसिया, दक्षिण कोरिया जस्ता राष्ट्रले सामुन्द्रिक अर्थतन्त्रको महत्व बुझेर त्यस इलाकालाई प्राथामिकतामा राख्न थालेको विज्ञहरु बताउँछन् ।


यो क्षेत्रमा उनीहरुको आउजाउ राष्ट्रिय स्वार्थको रक्षाका लागि भएको विज्ञहरु बताउँछन् । यस क्षेत्रका बलिया राष्ट्र अमेरिका र चीनबाहेक सहकार्यका लागि अन्य राष्ट्र पनि रहेको सन्देश उनीहरुले प्रवाह गर्न खोजेको विज्ञहरु बताउँछन् । उनीहरु यो क्षेत्रमा जारी तनावमा अमेरिका वा चीनको पक्षमा उभिनका लागि त्यस इलाकामा दौडधूप गरिरहेका छैनन् । अमेरिका र चीनको तनावको चेपुवामा नपर्नका लागि वैकल्पिक रुपमा सहकार्यको मोडल तयारका लागि उनीहरु प्रशान्त टापुका मुलुकहरुमा पुगिरहेका हुन् । प्रशान्त टापुमा १४ राष्ट्र छन् ।

त्यहाँ रहेका राष्ट्रमा पपुवा न्युगिनी, फिजी, पलाव टोंगा, टोभलो सामोअ, भानुआटू, माक्रोनेसिया, किरिबाटी, नवरु, द मार्सल आइजल्याण्ड, द सोलोमन आइजल्याण्ड , कुक आइजल्याण्ड र निवी छन् । परम्परागत रुपमा उनीहरु अमेरिकाका निकटवर्ती हुन् । उनीहरुले अष्ट्रेलिया, न्युजिल्याण्ड र बेलायतसँग पनि सहकार्य गर्दै आएका छन् । त्यस इलाकामा अहिले भूराजनीतिक तनाव बढेको छ । टापु राष्ट्रमध्ये ४ ले चीन र ताइवानको तनावमा ताइवानको पक्षधरता देखाएका छन् । यो संख्या अझै बढ्न पनि सक्थ्यो । तर बेइजिङले अन्य राष्ट्रमा लगानी बढायो ।

द सोलोमन आइल्याण्ड र किरीबतीले ताइवानलाई दिँदै आएको समर्थन फिर्ता गरेर चीनतर्फ पूर्ण रुपमा ढल्किए । द सोलोमन आइल्याण्डले जुलाईमा चीनसँग राजनीतिक सम्झौता नै गरेको छ । सन् २०२२ मा चीन र यो राष्ट्रबीच सुरक्षा सम्झौता नै भएको थियो । अमेरिकाले पनि द सोलोमन आइल्याण्डसँग कुटनीति सम्बन्ध स्थापना गरेको छ । उसले राजधानीमा होनीबरामा गत फेब्रुअरीमा दूतावास खोल्यो भने पपुवा न्युगिनीसँग सुरक्षा सम्झौता ग¥यो ।

अन्य राष्ट्रहरुले पनि टापु मुलुकहरुसँग सम्बन्ध स्थापनाका लागि हात बढाइरहेका छन् । शक्ति राष्ट्रले लामो समय किनारामा राखेका यी राष्ट्रहरु क्षेत्रीय शक्तिका रुपमा उदाउन थालेका छन् । यी राष्ट्र महत्वपूर्ण सामुन्द्रिक ढुवानी इलाकामा पर्छन् । हिन्द प्रशान्त क्षेत्रमा भविष्यमा कुनै पनि तनाव भए ती राष्ट्रका इलाका महत्वपूर्ण पोस्ट हुनसक्छन् । जहाँ युद्धपोतहरु रोकेर त्यसमा इन्धन भरिनेछ । यी क्षेत्र विशिष्ट आर्थिक इलाकामा पर्छन् । सामुन्द्रिक खनिज तथा सामुन्द्रिक खानाका लागि पनि यी क्षेत्र महत्वपूर्ण मानिन्छन् ।