Breaking

बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध प्रर्दशन


काठमाडौँ– व्यवसायीहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेंडा सडकमा फ्याकेर बिरोध जनाएका छन् । आज गोलभेंडा व्यवसायीहरुले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेको हुन् । नेपालमा उत्पादित गोलभेंडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आज किसानहरुले टमाटर फ्याँकेका छन् । गोलभेंडा उत्पादक कृषक बरुण रोक्काले नेपाली किसानहरुले उत्पादन गरेको गोलभेंडाले बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याक्न बाध्य भएको बताउनु भयो । उहाँले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताउनु भयो । कालिमाटी तरकारी बजारमा किसानहरुले करिब तीन, चार सय क्रेट गोलभेंडा सडकमा फ्याकेका छन् ।