काठमाडौँ– नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको छ । सरकारले वार्ताका लागि समिति गठन गरेको र संवादका लागि वार्तामा आउन आह्वान गरेको भन्दै परिषद्ले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको हो । आम जनभावनाको उच्च कदर गर्दैै विद्यालय बन्दको कार्यक्रम तत्कालको लागि स्थगित गरिएको परिषद्ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । परिषद्ले पारिश्रमीकमा असन्तुष्टि जनाउँदै माग सम्बोधनका लागि जेठ १७ गतेदेखि देशभर आन्दोलन गरेको थियो । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा आजदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा पनि गरेका थिए । आफ्ना मागमा सरकार गम्भिर नभए फेरि आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन ।
Breaking
प्रतिक्रिया