Breaking

सातै प्रदेशका एमाले सांसदसँग छलफल गर्दै अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सातै प्रदेशका आफ्ना सांसदसँग छलफल गर्दैछन् ।

विहान १० बजे जुमबाट सबै प्रदेशका सांसदसँग छलफल गर्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए । प्रदेश सरकारले ल्याएको बजेट र एमालेको आगामी रणनीतिका बारेमा अध्यक्षले प्रदेश सांसदलाई ब्रिफिङ गर्नेछन् ।