काठमाडौँ – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् ।
दुई देशबीचन तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केन बेइजिङ पुगेका हुन् । उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकलगायत रहेको बताइएको छ ।
भेटमा अमेरिका(चीन सम्बन्धका बारेमा छलफल हुने जनाइएकोव छ । उनको वरिष्ठ चिनियाँ अधिकारीहरूसँग भेटको कार्यक्रम पनि तय भएको छ ।
ब्लिनकेन अमेरिकी विदेशमन्त्री नियुक्त भएको ५ वर्षपछि पहिलोपटक चीन भ्रमणमा गएका हुन् । यसअघि उनी गत फ्रेब्रुअरीमा चीन भ्रमणमा जाने तयारीमा थिए । तर फ्रेब्रुअरी पहिलो साता अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखिएपछि उनको उक्त भ्रमण रद्द भएको थियो ।
ट्रम्प प्रशासनका बेला दुई देशबीच व्यापार युद्ध चुलिएको थियो । अमेरिकी आकाशमा उक्त बेलुन देखिएपछि दुई देशको सम्बन्ध थप चिसिएको थियो । बेलुन काण्डमा अमेरिकाले चीनले जासुसीका लागि बेलुन छाडेको शंका गरेको थियो भने चीनले भने उक्त बेलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको बताएको थियो ।
प्रतिक्रिया