विदेश

चलचित्र ‘आदिपुरुष’ रिलिज पछि झनै विवादमा, दिल्ली उच्च अदालतमा रिट दायर


रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप विवादमा परेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पु¥याएको भन्दै हिन्दु सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

बलिउड फिल्म ‘आदिपुरुष’ पुनः समस्यामा फसेको छ । शुक्रवारबाट संसारभरको हलमा लागेको आदिपुरुषले मनोरञ्जन दिने दर्शकलाई भने निराशामा बदलेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पु¥याएको र भगवान राममाथी मजाक बनाएको दर्शकको गुनाशो छ ।

कुरा यतिमा मात्रै सिमित रहदैन । भारतमा चलचित्र आदिपुरुषलाई लिएर दिल्ली उच्च अदालतमा रिट दायर भएको छ । हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेका हन् । ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ, ‘यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो ।

जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन भने त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।’ निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढङ्गले प्रस्तुत गरी हिन्दु समुदायको भावनामा चोट पु¥याएको आरोप लगाइएको छ ।

महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दु धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रूपमा व्याख्यासमेत गरी नयाँ नयाँ अविश्वनिय दृश्य देखाइएको छ । रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिङ्गरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा र्यापरको जस्तो भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

निर्देशक ओम राउतको ‘आदिपुरुष’ हिन्दु महाकाव्य रामायणमा आधारित फिल्म हो । फिल्ममा प्रभास ‘भगवान् राम’, कृति सेनन ‘सीता’ र सन्नी सिंह ‘लक्ष्मण’ को भूमिकामा छन् । योसँगै सैफ अली खानले ‘रावण’ को भूमिका निभाएका छन् । ट्रेलर रिलिज भएदेखि नै विवादमा परेको यो फिल्मपछि निर्माताले धेरै परिवर्तन गर्नुपरेको थियो ।

अहिले यो फिल्म रिलिज भएको छ, जसलाई हेरेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । चलचित्र आदिपुरुष ४५० करोड भारतीय रुपैयाँमा निर्माण भएको हो ।