Breaking

संघकै सिको गर्दै ७ वटै प्रदेशले ल्याए बजेट, सांसदलाई पाँच करोड


काठमाडौँ — असार १ गतेभित्र सबै प्रदेशले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता अनुसार सबै प्रदेशले बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।सङ्घीय सरकारले दिने वित्तीय हस्तान्तरणको आकारसमेत घटेको अवस्थामा प्रदेशहरूले बजेटको आकार केही घटाएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारहरुले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा संघकै सिको गरिएको छ । सङ्घकै सिको गर्दै प्रदेशहरुले पनि सांसदलाई पाँच करोड रुपैयाँसम्म बजेट विनियोजन गरेका छन् । कोशीमा प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ भने अरु प्रदेशहरुलेसमेत यो कार्यक्रममा बजेट छुट्याएका छन् ।

आगामी आर्थिक वर्षका लागि बिहीबार कोशी प्रेशले अध्यादेशमार्फत बजेट ल्याएकोमा शुक्रबार बागमती, लुम्बिनी, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशलेबजेट सार्वजनिक गरेका छन् । केन्द्रीय सरकारले सार्वजनिक गरेको १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेटमै टेकेर ७ वटै प्रदेशले सरकारले बजेट सार्वजनिक गरेका हुन् ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउनुभएको हो ।

आगामी आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।यो बजेट चालु आवको भन्दा २ अर्बले कम हो । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०– ०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुतगरेका हुन् । उनलेपुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको बताए ।यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९र८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो ।

कर्णालीप्रदेशले कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ ।प्रदेशसभाबैठकमा आर्थिक मामिलामन्त्री वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ । मधेश प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।यसअघि कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।

कोशी प्रदेश सरकारले आर्थिकक वर्ष २०८०–८१का लागि ३६ अर्व २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।प्रदेश सरकारहरुले सार्वजनिक गरेको बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेटिएका छन ।