Breaking

आज देशका पहाडी भेगमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना


काठमाडौँ – आज देशका पहाडी भेगमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी पहाडी भेगमा थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने देखिएको हो। कोशी प्रदेशका भने तराईमा पनि एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसो हल्का वर्षा हुने सम्भावना छ।

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी प्रदेशका तराई र मधेश प्रदेशसहित देशका बाँकी पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिलेसम्म मनसुन कोशीदेखि गण्डकी प्रदेशसम्म फैलिएको र त्यस उता पश्चिम पुगिनसकेको मौसमविद् लामिछानेले जानकारी दिए। यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पश्चिमी वायुको प्रभावले केही बदली र हल्का वर्षा भए पनि यी प्रदेशका तराईमा भने २ हप्ताभन्दा बढी समयदेखि बदली र वर्षा हुन नसकेको उनले बताए। जसका कारण ती प्रदेशका तराईमा उखरमाउलो गर्मी भइरहेको छ।