काठमाडौँ — सुरुवाती अवस्थाबाट नै आक्रमक रुपमा प्रस्तुतभएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको जोश, जागँर अहिले पनिकायम छ । पछिल्लो समय देखिएको केही सुधारको कामले महानगरबासीलाई आशावादीबनाएको छ । यसमापनिउनीशिक्षा र स्वास्थ्यमा केन्द्रीतभएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रशाह (बालेन) ले निर्वाचित भएपछि अवैध रुपमा निमार्ण गरिएका सँरचना हटानउन डोजर अभियान सुरु गरे । जुन कार्य आजको दिन सम्मा पनि निरन्तरछ । बालेनले भुमाफियाहरुको सातो जाने गरी डोजर मात्रै चलाएनन् आमनागरिकको जनजीवन सँग जोडिएको स्वास्थ र शिक्षालाई पनि संगैसगै डोर्याएर ।
पहुँचको भरमा सरकारी सम्पती हडपेर मोटाएकाहरुलाई साईजमा ल्याएका बालेन अहिले शिक्षा र स्वास्थ क्षेत्र सुधार गर्न आक्रामक भएर लागेका छन् । बडेमानका विल्डिङ ठड्याएर जनताको स्वास्थको ठेक्का हामीले लिएका छौ भन्दै ठूला ठूला होडिङ बोर्ड टागेर प्रचार गर्ने अस्पतालहरु प्रति बालेन नरम हैन गरम रुपमा प्रस्तुत भएकाछन् ।
शैक्षिक संस्थालाई छात्रवृत्ति उपलब्ध गराउन र सबै स्वास्थ्य संस्थामा १० प्रतिशतगरिव नागरिकको निशुल्क उपचार गराउनु पर्ने भन्दै बालेनले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर निर्देशन दिए । तर अहँ वर्षौ देखि यसैखाई पल्किएकाहरुलाई बालेनको निर्देशनले छोएन । अन्तत अटेरीलाई तह लगाउन उनले आफ्नै नगर प्रहरीको कमाण्डलाई अरन खटन गर्नु पर्ने अवस्था आयो । यो बीचमा उनले स्वास्थ्यमन्त्रीलाई भेटेर धेरै स्वास्थ्य संस्थाले गरिवको लागि १० प्रतिशत बेड छुट्याए पनि ब्यवहारमा लागु नगरको भन्दै ध्यानाकर्षण गराए । मेयरको घच घच्याईले झस्किएका मन्त्रीले अनुगमन गर्दा साँचै त्यो कार्वान्वयन नभएको भेटियो ।
बालेनले मन्त्रीलाई बुझाएको फेहरीस्तमा ६८वटा अस्पलातको नाम छ । यसमा मोटो रकम असुलेर सेवा दिन्छौ भन्ने नामुद अस्पतालहरु पर्छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर सचेत गराएका बालेनले अटेरीहरुलाई तहलगाउन एकाध घण्टामै दुइ वटा क्लिनिकमा ताला लगाए । १५ शैयाको अस्पताल बौद्धमा रहेको चाइना पिपल्स र कोटेश्वरपस्थत सयपत्री अस्पताल पनि बिनादर्ता संचालन गरेको पाइएपछि महानगरले भोटो ताल्चा मार्यो । आम नागरिक सँग जोडिएको शिक्षा र स्वास्थ जस्तो संवेदन शिल विषयमा मेयर शाहले अपनाएको यो मोडालिटीलाई नागरिकले स्वागत योग्य काम भनेकाछन् ।
युवाजोस र केहीगर्ने हुटहुटी बोकेका बालेन महानगरमा कायापलट गर्ने गरी विदेशी मोडालिटीमा छन् । जनस्तरसँग जोडिएका दुइृ विषय शिक्षा र स्वास्थमा जनताको सहज पहुच विस्तार गर्न सके सामाजिक रुपान्तराण हुनेविश्वास छ । उनको यो कार्यलाई नागरिकस्तर बाट पूर्ण सहयोग भएको देखिन्छ ।
बालेनको युवाजोस देखेर धेरै सर्वसाधारणले शिक्षा स्वास्थ्यमा सुधारको आश गरेका छन् ।
त्यहीभएर पनिबालेनको हरेक कदमलाई होस्टेमा हैसे गरिरहेका छन् । भुइमान्छेलाई पनि मेयरको निणर्यले हर्षित बनाएको छ । त्यसमापनिगरिव निमुखालाई त बल्ल सरकार आएको जस्तो महसुस भएको छ । उनको पछिल्लो समय निणर्यले सर्वत्र चर्चा पायो । काठमाडौँ महानगर भित्र निशुल्क एम्बुलेन्स सेवा संचालन भएपछि धेरैले मुक्त कण्ठले प्रसंसा गरेकाख छन् ।
प्रतिक्रिया