Breaking

शान्ति समाजका संस्थापक पहाडीसहित १६ जना पक्राउ


काठमाडौँ — मानव अधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै प्रदर्शन संसद भवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शन गर्ने क्रममा प्रहरी संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, चुरे ध्वस्त पार्न पाइदैँन मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ भ्रष्टाचारी नेताको स्वर ठूलो किन सार्वभौम संसद राष्ट्रिय पञ्चायत जस्तो नबनोस, शिर्ष नेता भ्रष्ट छन् नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, भ्रष्टाचार विरोधी अभिलेख संसदको रेकर्डबाट किन हटाइयो पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।