Breaking

राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार पदमा वैरागीको शपथ


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बिहान मात्र राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त शंकरदार वैरागीलाई पदको शपथ खुवाएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिका मुख्य सचिव वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मुख्यसचिवमा भने वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ । निर्णयलगत्तै प्रधानमन्त्री प्रचण्डले वैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार पदको शपथ खुवाएका हुन् ।