Breaking

वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त


काठमाडौँ — सरकारले शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ ।

सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ भने यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सल्लाहकार पदमा नियुक्त गरेको हो ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन् । नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन् ।