देश

लागूऔषधका नायिकेको गिरफ्तारको क्रममा २९ जनाको मृत्यु


काठमाडौँ— मेक्सिको सिटी उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले बताएका छन् ।

मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन चापो गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए । गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो ।

त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो ।

मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई पक्राउ गरेको थियो ।

ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताएका छन् ।