देश

आजको मौसम पूर्वानुमान


काठमाडौँ— हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू भागमा आंशिक बदली रही तराईका केहि भू भागहरूमा शितलहर चलिरहेको छ।

आज दिउँसो देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू भागहरूमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

तराईका धेरै भू भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।