Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

तराईमा अझै केही दिन हुस्सु र कुहिरो


काठमाडौँ— आज पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।

आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ ।