Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री बन्न देउवाको अन्तिम प्रयास,राप्रपालाई अफर नै अफर,यादव र माधवले ब्यूँताउँलान् चुनावी गठबन्धन ?


काठमाडौँ — गठबन्धन टुटाउन कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री अफर गरेको विषयले अहिले राजनीतिक वृत्त तातिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन दौडधुप बढाँउदै गर्दासरकार नै ढाल्न गरेको यो प्रस्तावको खवर राप्रपाकै नेताहरुले पुष्टि गरेका छन्। केनयाँ समिकरण बन्ने र लिङदेन प्रधानमन्त्री बन्ने वातावरण निर्माण हुँदै गएको हो त ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने मिति नजिकिँदै जाँदा मुखमै आएको सत्ता गुमाएको नेपाली कांग्रेसले त्यसलाई विफल बनाउन खेलमा लागेको छ ।

रात रहे अग्राख पलाछ र आफू अनुकुल वातारण विग्रिदै जाने वुझाईकै कारण प्रचण्डले विश्वास मत पाउन दौडधुप बढाँएकै वेला विकसित घटनाक्रमले यसलाई अझ वल पुर्याएको छ । सात दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दुई दलका जसपा र राप्रपा अध्यक्षहरूले भने सत्ता गुमाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संवाद गरिरहेका छन्।

यहिवीचमादेउवालेराप्रपाका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खवर बाहिरिएपछि नेपाली राजनीतिक अहिले तंरगित बनेको हो । संसदमा१४ सांसद भएको राप्रपा र १२ सांसद भएको जसपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरे पनि यी दुबै दल सरकारमा सहभागी छैनन्। यहिवीचमा विहिवारमात्रै पनि जसपा अध्यक्ष उपेन्द्र यादवले देउवालाई भेटेको थिए भने लिङदेनलाई प्रधानमन्त्री अफर गरेको खवर पनि संगै बाहिरिएको थियो ।

जुन विषय सत्य नभएको कांग्रेस नेताहरुले दावी गरेपनि सत्ता गुमेको भन्दै चौतर्फी दवाव भोगिरेहका देउवा यसअघिबाटै प्रचण्डले विश्वासको मतलिने दिनसम्म पर्खिनु पर्ने बताँउदै आएका छन । यसको अर्थ अहिले नै खेलबाट आफू वाहिर नपरिसकेको बुझाईमा रहेका देउवाले कांग्रेस केन्द्रीय समिति वैठक पनि २२ बाट सारेर २८ गते पुर्याएका छन । यहिवीचमा माओवादी–एमाले गठबन्धन बनेर सर्वस्व गुमाएका देउवाले अव के गर्लान भन्ने प्रश्नमा समेत गत वुधबार कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नै रोचक खुलासा गरेका थिए ।

संसदीय राजनीतिका चतुर खेलाडी मानिएका देउवा सर्वस्व गुमाएर देउवा मौन वस्न सक्दैनन् भने विश्लेषणकैविच पछिल्लो घटनाक्रमले चासो बढाएको हो । त्यसमा पनि पार्टीभित्रैबाट तीव्र आलोचना भइरहे पनि देउवा विचलित हुनुको साटो आत्मविश्वासयुक्त देखिनुले पनि खिचडि पाक्दै गरेकोमा दुईमत छैन । जहाँ यो सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति लगायतका पार्टीले पनि आफ्ना सर्तमा सम्झौता नगर्ने बताईरहेका छन । त्यस्तै एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, २ स्वतन्त्र सांसदहरु सत्ता गठबन्धन बाहिरै छन्।

जसले अहिलेको संसदीय बनोट अहिले नै देउवा प्रतिकुल कै अवस्थामा पनि छैन । यहि वुझेका देउवा प्रचण्डले विश्वासको मत लिनुभन्दा अघि नै व्रम्हाश्त्र चलाउने तयारीमा छन । जहा राप्रपा अध्यक्ष लिङदेनले नै पनि अफर आएको अस्वीकार नै गरेका छैनन् भने आफ्ना एजेण्डा पुरा भए जुनसुकै सरकारमा जान तयार रहेको नेताहरु बताँउदै आएका छन ।

यसले देउवा अन्तिम खेलमा लागेको प्रष्ट भएपनि लिङदेन प्रधानमन्त्री हुने विषय भने त्यति सहज छैन । यो सरकारले विश्वासको मत नपाएको खण्डमा भने संविधानत ः ठुलो दलको नेताको हैषियतले देउवा नै प्रधानमन्त्री बन्ने छन् । उनले पनि विश्वासको मत नपाएमात्र लिङदेन प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।

तर यो रस्साकस्सीले आफूले विश्वासको मत नपाउने देखेपछि प्रचण्डले ओलीकै साथ छोड्न दवाव पर्ने फाईदामा पनि देउवा रहने छन् । त्यो भन्दा ठुलो सफल असफल जे भएपनि स्वर्वस्व गुमाएको १३ दिनभित्रै देउवाले कत्रो दुस्साहस गर्ने रैछन भन्ने समेत यसले प्रष्ट पार्ने छ ।