Breaking

सत्ताको खेल पल्टाउन लिङ्देनको लडाइँ, प्रचण्ड राजावादी बन्न तयार, मिश्र ज्ञानेन्द्रको पाउमा


काठमाडौँ — जनताले दिएको मतलाई हतियार बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सत्तामा खेलिरहेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको छ । तर भागमा असन्तुष्टि जनाएर काँग्रेससँग पनि सहकार्यको गृहकार्यमा छ । विचारभन्दामाथि देश, देशभन्दा पनि माथि नरेश भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबुधबार पूर्वराजा ज्ञानेन्द्रका पाउमा थिए ।झण्डै दुईघण्टा लामो अन्तरंग कुराकानी गरेका मिश्रले वयोवृद्ध पूर्वराजाका शीरमा श्रीपेच थमाउने वचन दिएर बाहिरिए र त्यसको खुशी सामाजिक सञ्जालमार्फत साटे ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा पनि पुस १० मा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाउनुअघि बारामापूर्वराजा ज्ञानेन्द्रसँगै छलफलमा थिए ।पूर्वराजाकै तजबिज र सरसल्लाहमा सरकारमा जाने गरि रोडम्याप बनाएका उनीहरु अहिले सरकारमा ठूलो भाग खोजेर तहल्का मच्चाइरहेका छन् । उता सत्ता गुमाएको झोँकमा शोक मनाइरहेका काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यकै विषय बाहिरिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार ढाल्नका लागि काँग्रेसले लिङ्देनलाई प्रधानमन्त्रीकै अफर गरेको विषयले झनै अनिष्टको संकेत गरेको छ ।किनकि राप्रपा पनि काँग्रेसभित्र गम्भीर समीक्षा हुनुपर्ने र हिजो राजा बोकेको देउवाले अहिले पनि काँध थाप्न तयार भए हाम फालेर सत्ता सहकार्य जाने बताइरहेको छ ।

राजसंस्था मिल्काउने प्रमुखमध्येका पात्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाउने राप्रपाको निर्णयमाथि नै बहस भइरहेका बेला देउवाको दैलोमा लिङ्देन पुगेपछि शंका हुनु बेकार होइन ।किनकि उपप्रधानमन्त्रीसहित सरकारमा जान खोजिरहेको राप्रपाले सभामुख र बागमती प्रदेशको नेतृत्व मागेपछि एमाले अध्यक्ष ओली मौन छन् भने प्रचण्डमा विश्वासको मत नपाउने अविश्वास बढेको छ ।१४ सिटको शक्तिमा रहेका राप्रपाले दुबैतिर खेलेर सत्ताको शक्ति हल्लाइरहेको छ ।

यो खेलमा आफैँ सक्रिय बनेर देशविदेशी गुहार्ने र तेस्रोपटक राजा बन्ने हुटहुटीमा रहेको पूर्वराजाले दलहरुबीच भाँडभैलो मच्चाएर आफुलाई सहज बनाउन खोजिरहेको टिकाटिप्पणी भइरहेका छन् ।बागमती प्रदेशको मुख्यमन्त्री लिएरै प्रदेश खारेजमा अघि बढ्ने र गणतन्त्रवादीलाई समेत राजसंस्थाको प्रभावमा पार्ने प्रमुख मिशनमा राप्रपा निस्किएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरिरहेका उद्धव थापाले यसलाई बल पुग्ने गरि बोलेका छन् ।

पुरातन शक्तिलाई गल्हत्याएर निकालेको डेढ दशकपछि पनि जनस्तरमा राजसंस्थाप्रतिको क्रेज बढेको छ । यसको पुष्टि एक सिटमा सीमित बनेको राप्रपाले अहिले १४ सिट ल्याएपछि केही बलियो बनेको छ । यो स्तरमा राजाप्रतिको झुकाब र अनुमोदनको पखाईले निकै ठूलो संकेत गरेको छ ।

झन कुनै बेला दौरासुरुवाललाई राजाको पोसाक भन्दै बहिष्कार गरेका प्रचण्डले अहिले त्यसमै ठाटिएर सपथ लिनु र बालुवाटार प्रवेश गर्दा ज्योतिषीकै सल्लाहमा साइत निकालेर ढोका खोल्नु र पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन सकारात्मक हुनुलेराजावादीहरु प्रचण्ड आफ्ना पथमा आएको हर्षबढाई गरिरहेका छन् । झनव्यवस्था र जनताको अवस्थालाई सत्ता चढ्ने सिँढीमात्रै बनाएका प्रचण्ड, देउवा वा ओली लिङ्देनहरुलाई च्याप्न हाम फाल्नै तयार भएपछि गणतन्त्रको उपहास भएको व्याख्या भइरहेका छन् ।