Breaking

प्रचण्डमाथि चौतर्फी तनाव, सत्तामा देउवाको अन्तिम लडाइँ, ‘रअ’देखि अमेरिकी दूताबास हाबी,भाँडभैलोको अवस्था


काठमाडौँ — नयाँ समीकरणसहित सरकार बनेको १० दिन वित्न नपाउँदै सत्ता गुमाएको काँग्रेसले सक्रियता बढाएको छ । यसका लागि दलहरुसँग संवाद र आश्वासन दिन काँग्रेस अघि बढेको छ । जसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावनामा नै शंका उब्जिएको छ । बालकोटको बार्दलीमा जमेको शक्ति भत्काएर सत्ता फर्काउने संघर्षमा जुटेको छ, संसदको ठूलो दल नेपाली काँग्रेस ।

यसका लागि बालुवाटारबाट बुढानिलकण्ढसमेत नपुगी बीच बाटोमै डेरा गरि बसेका काँग्रेस सभापति शेरबहादुर देउवाले सुस्त तर सशक्त चाल खेल्न खोजिरहेका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गरे । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई धुम्बाराहीमै बोलाएर धुमधाम छलफल गरे । माधवलाई समेत पर्ख र हेरमा बस्न लगाएर प्रचण्डलाई संकटमा पर्ने नीति देउवाले अघि सारेका छन् । किनकि प्रचण्डले जसरी सत्ताको शोकमा डुबाए, त्यसकै बद्ला लिन देउवा दाउ खोजिरहेका छन् ।

पछिल्ला परिदृश्यमा असम्भव नै देखिएपनि देउवाको सक्रियता,बसउठ् र सिंहदरबारमा घुमिरहेका विदेशीहरुको रडाकोले केही पक्कै पाक्ने संकेत गरेको छ । यसले सत्तामै भएका र सहकार्य खोजिरहेका दलहरुले प्रचण्डलाई विश्वासको मत दिनेमा शंका बढेको छ ।

सत्ता गुमाएपछि काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि भारत हानिएका छन् । भारतीय रअ नेपाली राजनीतिमा दिनरात नभनि नेतृत्वका कोठाकोठा पुगिरहेको छ । चिनियाँ शक्तिको पनि दौडाह कम छैन । नेपाली राजनीतिमा हाबी विदेशीहरु अहिले झनै सक्रिय बनेका छन् ।अमेरिकी र भारतीय राजदूत सिंहदरबारमा मन्त्रीका क्याबिन चारिरहेका छन् । फलतः पुसको जाडोको सत्ताको न्यानो ताप्न साना दलहरुसँगको भेटवार्तापछि देउवाले शुक्रबार काँग्रेसका दुवै समूहलाई बोलाएर छलफल गरेका छन् । त्यसमा सत्ता गुमाउनुको दोष देउवामाथि नै थुपारेका महामन्त्रीद्धय पनि सहभागी छन् ।

देउवाले यो सब एमाले र माओवादीरहित गठबन्धन बनाउनका लागि कसरत गरेको काँग्रेसकै केही नेताहरु बताउँछन् । यसका लागि राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्ने सक्ने सम्भावना काँग्रेसले देखिरहेको छ । झन प्रधानमन्त्रीकै अफर दिएपछि सम्भावना बलियो बनेको हो । तर काँग्रेसका नेताहरु प्रधानमन्त्रीकै अफर दिएको विषय स्वीकार्न तयार छैनन् ।

नयाँ शक्तिका रुपमा उदयको २० सिटे राष्ट्रिय स्वतन्त्र पार्टी र पुरातन शक्तिमा नविकरण भर्दै १४ सिटे बनेको राप्रपामध्य एकलाई आफुतिर तान्न सके काँग्रेसले पासा पल्टाउन सक्छ । यसका लागि सत्ता गइसकेको स्वतन्त्र पार्टीभन्दा बार्गेनिङमै रहेको राप्रपा पहिलो रोजाई र दोस्रोमा जसपा परेको छ । तर राप्रपा र जसपा पनि देउवा कार्ड खेल्दै ओली–प्रचण्ड गलाउने र भाग हत्याउने रणनीतिमा छन् ।

विश्वासको मतअघि नै सत्ताको लेनदेनमा रहेका लिङ्देनले एक उपप्रधानमन्त्रीसहित चार मन्त्रालय र मुख्यमन्त्रीको बार्गेनिङ गरिरहेका बेला जसपाका उपेन्द्र यादव पनि उपराष्ट्रपति पदलाई दाउमा राख्दै सदन छिर्ने पखाईमा छन् ।जसलाई विश्वासमा लिँदै गठबन्धन कायम राखेमात्रैप्रचण्डले विश्वासको मत पाउने छन् । यता गठबन्धनको चाँबी हातमा लिएका ओली पनि प्रचण्ड नेतृत्वको एमाले सरकार जोगाउनकसरत गरिरहेका छन् । तथापी नयाँ समीकरणको प्रयासले उनीहरुलाई झस्काएको छ । जुन असम्भव पनि छैन ।

काँग्रेसको पहिलो प्रयास प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्नु हो ।त्यसका लागि सरकारलाई समर्थन दिएका दललाई रोक्नुपर्छ ।राप्रपाबाहेकको हिसाब गर्दा अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टी ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ ।स्वतन्त्रका रुपमा समर्थन जनाएका प्रभु साह र अमरेश सिंहले मत दिए प्रचण्डले विश्वासको मत पाउँछन् । तर यता सरकार बन्नुअघि देउवासँगै निकट रहेको जनमत पार्टीसहित नेकपा एस, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहितलाई नयाँ समीकरणमा जोडेर खेल पल्टाउने प्रयासमा काँग्रेसअघि बढेको हो ।