Breaking

निर्वाचन आचारसंहिताप्रति शीर्ष नेताहरु प्रतिवद्ध


काठमाडौँ – राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन आयोगको कार्यालयमा पुगेर आचारसंहिताप्रति प्रतिवद्धता जनाएका छन् । आयोगले आज आचारसंहिताबारे छलफल र पालनाका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि छलफल गरेको हो ।

सो अवसरमा आयोगले नेताहरुलाई आचारसंहितामा हस्ताक्षर पनि गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्व प्रधानमन्त्री माधव नेपाल लगायत दलका शीर्ष नेताहरुले आयोगले तयार पारेको आचारसंहितामा प्रतिवद्धता जनाएका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ गते हुने निर्वाचनमा सेना परिचालनका लागि आज स्वीकृति प्रदान गर्नुभएको छ ।