कोरोना विशेष

२४ घण्टामा काठमाडौँ उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना पुष्टि


काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार ४, भक्तपुरमा ५७० र ललितपुरमा ९७५ जना संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यस्तै मंगलबार ५६२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा १७ हजार ८७२ पीसीआर तथा ४ हजार ९५६ एन्टिजेन परीक्षण भएको छ ।