राजनीति

भावुक प्रचण्डको मनोदशा : रुने, कराउने र आक्रोशित हुने, कार्यकर्ता उचाल्ने (भिडियोसहित)


काठमाडौँ – सारतः पुष्पकमल दाहाल प्रचण्ड कै वरीपरि नेपालको राजनीति घुमिरहेको देखिन्छ तर प्रचण्ड बेला बेला आफैं भक्कानिने र कार्यकता माझ हतोत्साहित देखिने गर्दछन् । पछिल्लो समय आत्मबल थप कमजोर बनाएको देखिने प्रचण्डमा पराजयको झल्को किन देखिन्छ त ?

पछिल्लो समय पुष्पकमल दहालका अभिव्यक्तिहरु लगभग पराजित मानसिकताको प्रभाव झैँ देखिन्छ । बिहिबार मात्रै काठमाडौँमा विद्यार्थीहरु माझ प्रचण्ड यसरी भक्कानिए की आफू आत्महत्या वा लडाइँको दोसाँधमा रहेको अभिव्यक्ति दिए ।

उनका शुभचिन्तकहरुले प्रचण्डको त्यो बोलीमा सद्भाव देखाए भने आलोचकहरुले प्रचण्डमा पराजित मानसिकता हाबी भएको टिप्पणी गरे । तर एमाले अध्यक्ष ओलीले भने प्रचण्डलाई रुनचे नेताको उपमा दिएका छन् । त्यसको भोलीपल्टै आफुले सबैभन्दा बढि प्रतिस्पर्धि ठानेका, कठोर नेता मानेका केपी शर्मा ओलीले नै प्रचण्डलाई रुन्चे नेता भनेर उडाइदिएका हुन् ।

प्रचण्डले अहिले मात्रै होइन पहिले देखिनै बढि भावकु हुने र कार्यकर्तासंग समवेदना बटुल्ने चेष्टा प्रेरित अभिव्यक्ति दिने गरेका छन् । कतिपयले प्रचण्डलाई यस्तो अभिव्यक्ति दिन माहिर नेताको रुपमा लिने गरेका छन् । कहिले पार्टी विघटन गर्छु, कहिले मलाई सिध्याउन खोजीयो अब भौतिक आक्रमणमै उत्रौँ भन्दै कार्यकर्ता उचाल्ने काम पनि प्रचण्डले बेला बखत गर्दै आएका छन् । जनयुद्धको मैदानमै हुँदा होस या शान्तिपूर्ण राजनीतिको फरोममा होस प्रचण्ड रोएको थुप्रै उदाहरणहरु छन् । कतै प्रचण्डको भावकुताभित्र मानसिक रोग पनि संगसंगै विकास त भइरहेको छैन ? भन्ने प्रश्न धेरैमा उब्जीएको छ ।

पछिल्ला राजनीतिक घटना क्रमहरु हेर्ने हो भने संसद विघटन र पुनस्थापनाको संघर्षमा ओलीविरुद्ध कठोर संघर्षमा प्रचण्ड केन्द्रीत थिए । ओली सरकार ढालेर नयाँ सरकार गठन गर्ने देखि एमाले विभाजनसम्ममा प्रचण्डको भूमिका घाम जत्तिकै छर्लङ छ । त्यसो त ओली–प्रचण्ड एक अर्कामा सत्तोसराप गर्न माहिर देखिएका छन् । ओलीसंगको टकरावकै कारण प्रचण्डमा निराशा बढिरहेको कतिपयको टिप्पणी छ । तर जे होस, पुष्पकमल दाहाल प्रचण्ड २०६३ सालमा विस्तृत शान्ति सम्झौता देखि खुला राजनीतिको केन्द्रमा छन् ।

उनी आफैँले दावी गर्छन की विस्तृत शान्ति सम्झौताको एक जीवित हस्ताक्षरकर्ताको हैसियतले मै हो राजनीतिको केन्द्रविन्दु । तर उनको पछिल्ला अभिव्यक्ति हेर्ने हो भने चाहीँ आफूलाई राजनीतिको केन्द्रविन्दु दावी गर्ने प्रचण्ड बढि हतोत्साहित, पराजीत मानसिकता र शिथिलताको सिकार बनेको धेरैले बुझ्ने गरेका छन् ।