राजनीति

एमाले विधान महाधिवेशन : उपमहासचिव खारेज, ५ उपाध्यक्ष र ६ सचिव राख्ने प्रस्ताव


काठमाडौँ – शुक्रबारदेखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । एमालेले उपमहासचिव पद खारेज गर्ने र पाँच जनालाई उपाध्यक्ष राख्ने र सचिव ६ जना राख्ने प्रस्ताव गरेको छ ।
ललितपुरको गोदावरीमा शुरु भइरहेको विधान महाधिवेशनमा उपहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन् । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो ।

यद्यपि यसलाई ७ बनाउनुपर्नेमा नेताहरुको जोड थियो । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।